हेन्डरसनले हात पारे ‘प्लेयर अफ दि इयर’ अवार्ड

इंग्लिस प्रिमियर लिग  च्यान्पियन्स लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले ‘प्लेयर अफ दि इयर’ अवार्ड हात पारेका छन्।

 हेन्डरसन यस सिजनको उत्कृष्ट खेलाडी बन्दै फुटबल राइरटर्स एसोसिएसनले प्रदान गर्ने अवार्ड जितेका हुन्।

एसोसिएसनले शुक्रबार मिडफिल्डर हेन्डरसनलाई ‘प्लेयर अफ दि इयर’ घोषित गरेको हो।

अवार्ड जित्ने क्रममा उनले लिभरपुलकै भिर्गिल भान डाइक, साडियो माने, म्यानचेस्टर सिटीका केभिन डी ब्रुएन र म्यानचेस्टर युनाइटेडका मार्कुस राष्फोर्डलाई पछि पारेका थिए। 

हेन्डरसनको नेतृत्वमा लिभरपुलले यस सिजन प्रिमियर लिगको उपाधि जितेको छ। 

लिभरपुलले ३० वर्ष पछि पहिलो पटक उपाधि जितेको हो।

प्रकाशित मिति: : 2020-07-24 16:08:12

प्रतिकृया दिनुहोस्