सिंगापुरका एक व्यक्तिद्वारा अमेरिकामा बसेर चीनका लागि गोप्य सूचना संकलन गरेको स्वीकार

एजेन्सी

वासिङ्टन

अमेरिकामा रहेका सिंगापुरका एक व्यक्तिले आफूले चीनको गुप्तचरका रुपमा काम गरेको स्वीकार गरेका छन्।

अमेरिकामा रहेको आफ्नो राजनीतिक कन्सलटेन्सीलाई जुन वीइ यीओले चिनियाँ गुप्तचर निकायका लागि जानकारी संकलन गर्ने प्रयोजनमा प्रयोग गरेको अमेरिकी अधिकारीले बताएका छन्। उनीविरुद्ध अमेरिकाले मुद्दा दायर गरेको छ।

यस्तै चिनियाँ सैनिकसँगको आफ्नो सम्बद्धता लुकाएकी एक अनुसन्धानकर्तालाई पक्राउ गरिएको पनि अमेरिकाले जनाएको छ।

विश्वका दूई ठूला शक्ति राष्ट्र अमेरिका र चीनबिच विभिन्न विषयलाई लिएर पछिल्लो समय तनाव उच्च भएको छ। यो पछिल्लो घटनाले थप उत्कर्षमा लगेको छ। 

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले होस्टनमा रहेको चिनियाँ महावाणिज्य दूतावासको कार्यालय बन्द गर्न निर्देशन दिएका छन्। 

अमेरिकाको बौद्धिक सम्पत्ति चोरी गरिरहेको कारण त्यसलाई रोक्न यो कदम आवश्यक रहेको बताएका थिए। 

अमेरिकी कम्पनीहरुको व्यवसायिक गोपनीयताका वस्तुमाथि त्यहाँबाट गैरकानुनी रुपमा सूचना निकालिने गरेको उनको आरोप छ।

साताको सुरुमा अमेरिकाले यो सातासम्ममा होउस्टनमा रहेको महावाणिज्य दूतावास बन्द गराउन सूचित गरेको थियो। पोम्पेओले चीनले अमेरिकी मात्र नभई यूरोपेली बौद्धिक सम्पत्तिको पनि चोरी गरिरहेको र यसको कारण हजारौं रोजगारी गुमेको बताए।

अमेरिकाले टेक्सासको होउस्टनमा रहेको चिनियाँ वाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएपछि चीनले दक्षिण पश्चिमको सहर छेन्दुमा रहेको अमेरिकी महावाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएको छ। 

चीनले अहिले चालिएको कदम अमेरिकाले उक्त निर्णयलाई उचित जवाफ दिन आवश्यक रहेको बताएको छ।

छेन्दुमा रहेको महावाणिज्य दूतावास सन् १९८५ मा स्थापना गरिएको थियो। अहिले यो दूतावासमा दुई सयभन्दा धेरै कर्मचारीहरु छन्। साथै यो तिब्बतसँग निकट रहेकाले रणनीतिकरुपमा पनि निकै महत्वपूर्ण रहेको जानकारीहरुले बताएका छन्।

प्रकाशित मिति: : 2020-07-25 10:40:44

प्रतिकृया दिनुहोस्