कोरोना भाइरस नियन्त्रणमा आयाे: स्पेन

एजेन्सी

बार्सिलाेना

स्पेन सरकारले आफ्नाे देशमा कोरोना भाइरस नियन्त्रणमा आएकाे दावी गरेकाे छ। 

सरकारले एक सूचना जारी गर्दै बेलायत र नर्वेले स्पेनबाट आउनेहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्न भनेपछि तथा फ्रान्स र जमर्नीले यात्रा सचेतना जारी गरेपछि स्पेनले हाल देखिएको संक्रमण नियन्त्रणमा रहेको बताएको हो ।

स्पेनका केही क्षेत्रमा नाइट लाइफ बन्द गरिएको छ भने मास्क लगाउन अनिवार्य गरिएको छ । 

तर स्पेनमा पछिल्लो केही दिनयता कोरोना भाइरसका संक्रमितको संख्या पुनः बढ्दो क्रममा देखिएको छ । संक्रमणको पहिलो लहर नियन्त्रणमा लिन सफल भएको स्पेनमा संक्रमणको दोस्रो लहर सुरु भएको हो ।

स्पेनका विदेश मन्त्रीले आफ्नो देश सम्पूर्ण नागरिक तथा पर्यटकका लागि सुरक्षित रहेको बताएकाे छ।

प्रकाशित मिति: : 2020-07-27 13:30:41

प्रतिकृया दिनुहोस्