द्विपक्षीय सम्बन्धलाई प्रगति पथमा अगाडि बढाउन इच्छुक छाैं: चिनियाँ राष्टपति

चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनले नेपालसँगको सम्बन्धलाई अत्यधिक महत्व दिएको बताएका छन्।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँँ वार्षिकोत्सव अवसर पारेर आफ्ना समकक्षी विद्यादेवी भण्डारीलाई सन्देश पठाउँदै उनले साे कुरा बताएका हुन्।

उनले द्विपक्षीय सम्बन्धलाई निरन्तर प्रगति पथमा अगाडि बढाउन नेपाली समकक्षी भण्डारीसँग काम गर्न गर्न इच्छुक रहेको बताएका छन्।

चिनियाँ राष्ट्रपति सीले दुवै देशका नागरिकहरुले अधिक लाभ लिन र क्षेत्रीय स्थिरता तथा विकासमा सकारात्मक योगदान दिन नेपालसँग मिलेर अघि बढ्ने इच्छा व्यक्त गरेका छन्।

प्रकाशित मिति: : 2020-08-01 08:07:22

प्रतिकृया दिनुहोस्