रियाको बयान–‘सुशान्तको परिवारले मलाई फसाउन खोज्दैछन्’

एजेन्सी

मुम्बई

नायिका रिया चक्रवर्तीले भारतको सर्वोच्च अदालतमा निवेदन दिदै आफूलाई नायक सुशान्त सिंह राजपुतको परिवारले फसाउन खोजेको बताएकी छिन् ।

सुशान्तका पिताले पटना प्रहरीमा दर्ता गरेको एफआइआरमा रियाले सुशान्तलाई मृत्युको मुखमा पुर्याएको उल्लेख गरिएको छ । तर, रियाले भने आफूमाथि लागेको सबै आरोप झुटो भएको बताएकी हुन् ।

भारतीय मिडियाका अनुसार, रियाले एक बर्षदेखि आफू र सुशान्त लिभिङ टूगेदरमा रहेको उल्लेख गरेकी छिन् । तर, उनले सुशान्तको निधनमा आफ्नो कुनै पनि हात नभएको बताएकी छिन् ।

भारतीय मिडियाका अनुसार, रियाले एक बर्षदेखि आफू र सुशान्त लिभिङ टूगेदरमा रहेको उल्लेख गरेकी छिन् । तर, उनले सुशान्तको निधनमा आफ्नो कुनै पनि हात नभएको बताएकी छिन् ।

प्रकाशित मिति: : 2020-08-02 08:59:50

प्रतिकृया दिनुहोस्