कागजमै सीमित ‘फ्री भिसा–टिकट’

१९ साउन, काठमाडौं । जाजरकोट नलगाड–३ का नवीनप्रकाश पुन एक महिनादेखि वैदेशिक रोजगार विभाग धाइरहेका छन् । मलेसिया जान भन्दै साहुबाट ऋण काढेर उनले डेढ लाख रुपैयाँ म्यानपावरलाई बुझाए ।

काठमाडौं सामाखुसीको सुनगाभा म्यानपावर कम्पनीले विदेश उडाउँछु भनेर पैसा त लियो । आखिर, उनलाई बिल्लीबाठ बनायो । ‘डिमान्ड क्यान्सिल भयो भन्दै म्यानपावरले अलमल्याएको यत्तिका दिन भयो, अब दिएको पैसा कसरी असुल्ने भन्ने चिन्ता थपिएको छ,’ उनले भने । 

सरकारले मलेसियालगायत केही मुलुक जाने कामदारका लागि निःशुल्क ‘भिसा–टिकट’ व्यवस्था गरे पनि व्यवहारमा लागु भएको छैन । विदेश जान चाहने युवाले म्यानपावर कम्पनीलाई चर्को शुल्क बुझाएर पनि ठगिनुपर्ने अवस्था रहेको नवीनले बताए ।

म्यानपावरले लिएको रकम असुल्न उनी श्रम विभाग धाइरहेका छन् । ‘विभागले रकम असुलउपर गरिदेला भन्ने लागेको छ, तर, खै के गर्ने हो ? हेर्न बाँकी छ,’ उनले भने ।

प्रकाशित मिति: : 2020-08-03 09:59:25

प्रतिकृया दिनुहोस्