धरान उपमहानगरमा आज रातिदेखि एक हप्ता लकडाउन

कोरोनाको संक्रमण फैलिँदै गएपछि धरान उपमहानगरपालिकाले आज राति १२ बजेदेखि ७ दिन लकडाउन गर्ने  निर्णय गरेको छ।

कार्यपालिका बैठकले आज मध्यराति १२ बजेदेखि साउन २८ गतेसम्म लकडाउन गने निर्णय गरेको हो। औषधी पसलबाहेक सबै पसल, व्यवसाय तथा सवारी साधनहरु बन्द गर्ने निर्णय भएको काफ्लेको भनाइ छ। 
 

प्रकाशित मिति: : 2020-08-05 10:31:13

प्रतिकृया दिनुहोस्