काठमाडौं उपत्यकासँगै २०० भन्दा बढी कोरोना संक्रमित रहेका जिल्लामा भोलिदेखि जोर-बिजोर प्रणाली लागू

मुलुकमा कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले काठमाडौं उपत्यकालगायत २०० भन्दा बढी संक्रमित रहेका जिल्लामा सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गर्ने भएको छ।

बुधबार बेलुकी गृहमन्त्रालयले एउटा विज्ञप्ति जारी गर्दै भोलिदेखि लागू हुनेगरी जोर बिजोर प्रणाली कार्यन्वयनमा ल्याउनुका साथै बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमनलाई पूर्णरुपमा बन्द गर्न समेत निर्देशन दिएको छ।

लामो लकडाउनपछि मन्त्रिपरिषद्को गत जेठ २८ गतेको बैठकले एक जिल्लाभित्र मात्रै चल्न पाउने गरी निजी सवारीसाधन जोर–बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको थियो । 

त्यसको झण्डै एक महिनापछि सरकारले असार अन्तिम साता छोटो दुरीका सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको थियो । कोभिड–१९ सँगै सरकारले आह्वान गरेको लकडाउनका कारण गत चैत ११ गतेदेखि देशभरका सम्पूर्ण सार्वजनिक यातायात बन्द भएका थिए ।

सरकारको निर्णयपछि पनि व्यवसायीले विभिन्न माग राखेर यातायात सञ्चालनमा गर्न मानेका थिएनन् । विभिन्न चरणको छलफलमा उनीहरुको माग सम्बोधन गर्न सरकार तयार भएपछि साउन ८ देखियातायातका साधन सञ्चालनमा आएका थिए । यद्यपी लामो दूरीका सवारीसाधन अझै सञ्चालनमा आइसकेको छैन । 

 

प्रकाशित मिति: : 2020-08-05 20:56:24

प्रतिकृया दिनुहोस्