सुन प्रतिताेला एक लाख दुई हजार पाँच सय पुग्यो

सुनको भाउले ऐतिहासिक रेकर्ड कायम गरेकाे छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको कारोबार प्रतितोला मूल्य एक लाख दुई हजार पाँच सय रुपैयाँ तोकेको छ।

एक तोला सुनको यो मूल्य हालसम्मकै उच्च हो। महासंघले तेजाबी सुनको प्रतितोला मूल्य एक लाख दुई हजार रुपैयाँ तोकेको छ।

बिहीबारका लागि चाँदीको खरिद बिक्री मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँ छ। 
 

प्रकाशित मिति: : 2020-08-06 11:23:05

प्रतिकृया दिनुहोस्