अमेरिकाका चर्चित संक्रामक रोग विशेषज्ञ भन्छन्– मलाई ज्यान मार्ने धम्की आयाे

अमेरिकाका चर्चित संक्रामक रोग विशेषज्ञ एन्थोनी फाउचीले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन्। 

कोरोना महामारी नियन्त्रणका लागि अमेरिकामा के–के भइरहेको छ भनेर सार्वजनिक रुपमा विस्तारमा बताएकाले आफू र छोरीहरुलाई पनि दुःख दिने काम भइरहेको उनले बताएका छन्। 

ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका सदस्यसमेत रहेका डाक्टर फाउचीले सीएनएनसँग कुरा गर्दै भनेका छन्, म सपनामा पनि सोच्न सक्दैन कि त्यो यदि हदसम्म गर्छ र मलाई मार्ने धम्की दिन्छ। मलाई र मेरो परिवारका सदस्यलाई मार्ने धम्की दिने, मेरा छोरीहरुलाई पनि दुःख दिने ताकि मैले आफ्नोलागि सुरक्षाकर्मी राख्नुपर्छ। यो त आफैंमा अजिब छ।’

उनले आफूलाई धम्की दिने व्यक्ति को हुन् भन्ने खुलाएका छैनन्।

कोरोना नियन्त्रणको सवालमा उनले धेरै पटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि असहमति जनाउने गरेका छन्। बिश्लेश्कहरुले कोरोनाले जति बिध्वंस अमेरिकामा मच्चाएको छ त्यति कुनै मुलुकमा मच्चाएको छैन भनी बताएका छन्। यद्यपि, राष्ट्रपति डोनाल्ड ट्रम्प यो कुरा मान्दैन्न।

तर डा. फाउचीले भने कोरोनाले पूरा संसारलाई गाँजेको छ तर अमेरिकाले जति झेलिरहेको छ, त्यति कसैले पनि नझेलेको बताइरहेका छन्। उनले बारमबार संक्रमितको संख्या र मृतकको आँकडा हेर्दा नै स्पष्ट हुने बताएका छन्।

कोरोना भाइरसविरुद्धको संघर्षमा फाउची डटेर लागेका उनले कोरोना नियन्त्रणको सवालमा धेरै पटक राष्ट्रपति ट्रम्पसँग पनि असहमति जनाउने गरेका छन्।

प्रकाशित मिति: : 2020-08-07 06:52:54

प्रतिकृया दिनुहोस्