बंगलादेशमा चीनको आक्रामक रणनीति, चिनियाँ कम्पनी लगानी गर्दै

भारतसँग सीमा विवादमा रहेको चीनले छिमेकी बंगलादेशमा आक्रामक अर्थनीति लागु गरेको छ। उसले बंगलादेशमा चिनियाँ कम्पनीमार्फत लगानी गर्ने अभियानलाई सक्रिय तुल्याएको छ। 

चाइना याबाङ इन्भेस्टमेन्ट होल्डिङ समूहका अध्यक्ष झु झियायोचुले शुक्रबार यसको जानकारी दिँदै बंगलादेशी सरकारको प्रसंसा गरे। उनले भने, ‘बंगलादेश लगानीको हिसाबले निकै राम्रो ठाउँ हो। यहाँ जनसंख्या पनि ठूलो छ। व्यापारको सम्भावना पनि निकै छ।’

चाइना याबाङ इन्भेस्टमेन्ट होल्डिङ समूह चीनको ५ सय कम्पनीमा समावेश छ, जसले विदेशमा लगानी गर्छ। 

प्रधानमन्त्री शेख हसिनाको सरकारले चिनियाँ कम्पनीलाई आकर्षित गर्न दुई वटा जिल्लामा कूल १०० एकड जमिन लिजमा दिएकी छिन्। 

यसलाई बंगलादेश इकोनोमिक जोन्स अथोरिटी (बेजा) नामाकरण गरिएको छ। चटगाउँ र फेनी जिल्लामा टेक्सटाइल र केमिकल उद्योग स्थापना गरिने जानकारी झुले दिएका छन्। 

उनले भने, ‘विश्वभरिका कम्पनीका लागि बंगलादेश लगानी गर्न राम्रो ठाउँ हो। यहाँ परम्परागत उद्योगको निकै ठूलो सम्भावना छ। 

अब चीनले मिलेर काम गर्नेछ।’ उनले १० वर्षअघि अगाडि आफ्नो समूहले दक्षिण–पूर्वी र दक्षिण एसिया, अफ्रिका र उत्तर कोरियाको भ्रमण गरेको र पाँच वर्षअघि बंगलादेश लगानीको हिसाबले उपयुक्त स्थान भएको पत्ता लगाएको बताए।

प्रकाशित मिति: : 2020-08-08 15:55:52

प्रतिकृया दिनुहोस्