ब्रुनोको निर्णायक गोलमा म्यानचेस्टर सेमिफाइनलमा

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले डेनिस क्लब कोपनहेगनलाई पराजित गर्दै युरोपा लिगको सेमिफाइनलमा स्थान बनाएको छ ।

कोल्न जर्मनीमा सोमबार राति भएको खेलमा युनाइटेडले कोपनहेगनलाई १–० ले पराजित गर्दै अन्तिमा चारमा स्थान सुरक्षित गरेको हो । 

युनाइटेडकाे जितमा अतिरिक्त समयमा पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेजले पेनाल्टीमार्फत गरेकाे गोल नै निर्णायक सावित भयाे।

अतिरिक्त समयको ९५औं मिनेटमा ब्रुनोले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । 

एन्थोनी मार्सियललाई कोपनहेगनका डिफेन्डरइन्ड्रिएस विजेल्यान्डले फल गरेपछि रेफ्रीले युनाइटेडलाई पेनाल्टी दिएका थिए । जसमा ब्रुनोले गाेलमा परिणत गरेका थिए। 
 

प्रकाशित मिति: : 2020-08-11 06:01:12

प्रतिकृया दिनुहोस्