अमेरिकामा बढ्दो कोरोनाका कारण कुज्नेत्सोवाले युएस ओपनबाट नाम फिर्ता लिइन्

एजेन्सी

न्युयोर्क

कोरोना भाइरसको कारण युएस ओपनबाट ठूला खेलाडीले लगातार नाम फिर्ता लिन थालेका छन्।

यही अभियानमा रुसकी स्वेत्लाना कुज्नेत्सोवा पनि समावेश भएकी छिन्।

१६ वर्षअघि सन् २००४ मा उपाधि जितेकी कुज्नेत्सोवाले ३१ अगस्टदेखि १३ सेप्टेम्बरसम्म आयोजना हुने ग्राण्ड स्लामबाट नाम फिर्ता लिएकी छिन्। 

यसअघि डिफेन्डिङ च्याम्पियन स्पेनका राफेल नाडाल, महिला नम्बर १ खेलाडी अस्ट्रेलियाकी एस्ले बार्टी, स्विट्जरल्याण्डका रोजर फेडरर र निक किर्गियोसले प्रतियोगिताबाट नाम फिर्ता लिइसकेका छन्।

विश्व नम्बर १ सर्वियाका नोभाक जोकोविचले पनि नाम फिर्ता लिने सम्भावना बलियो छ। 

सन् २००९ मा फ्रेन्च ओपनको उपाधि जितेकी कुज्नेत्सोवाले इन्स्टाग्राममा लेखेकी छिन्, ‘कोरोना भाइरसका कारण अवस्था नाजुक बन्दै गइरहेको छ। प्रतियोगिताबाट नाम फिर्ता लिन धेरै गाह्रो पर्यो। महामारीका कारण मेरो सबै योजना भताभुङ भएको छ।’

गत वर्षको उपाधि स्पेनका नाडाल र कनाडाकी बियान्का एन्द्रेस्कुले जितेकी थिइन।

प्रकाशित मिति: : 2020-08-11 17:14:03

प्रतिकृया दिनुहोस्