सेभिल्ला र शाख्तर डोनेस्क युरोपा लिगको सेमिफाइनलमा

स्पेनिस क्लब सेभिल्ला र शाख्तर डोनेस्क युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। 

मंगलबार राति भएको क्वाटरफाइनलमा  वुल्भ्सलाई अन्तिम समयमा गरेको गोलले पराजित गर्दै सेभिल्ला अन्तिम चारमा पुगेको हो।

सेभिल्लाको जितमा ८८ औँ मिनेटमा लुकास ओक्याम्पोसले गरेको गोल नै निर्णायक बन्यो। 

सेमिफाइनलमा सेभिल्लाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्ने छ।

यस्तै एफसी बासेललाई ४–१ ले पराजित गर्दै शाख्तर डोनेस्क सेमिफाइनलमा स्थान बनाएकाे छ। उसले फाइनल प्रवेशका लागि इन्टर मिलानसँग प्रतिस्पर्धा गर्ने छ।

प्रकाशित मिति: : 2020-08-12 06:22:06

प्रतिकृया दिनुहोस्