रुसले बनाएकाे काेराेना भ्याक्सिनबारे केही जानकारी छैन: डब्ल्यूएचओ

एजेन्सी

जेनेभा

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले रुसले विकसित गरेको भ्याक्सिनको मूल्यांकन गर्न यसबारे केही जानकारी नभएको बताएको छ।

डब्ल्यूएचओअन्तर्गत पर्ने पेन–अमेरिकन हेल्थ अर्गनाइजेशनका सहायक निर्देशक जरबास बारबोसाले यसबारे आफूलाई थाहा नभएकाे बताएका हुन्। ‘रुसले भ्याक्सिन बनाउन सुरु गर्नेछ भन्ने सुनेको छु। तर ट्रायल पूरा गरेकाे मलाई थाहा छैन।’

गत हप्ता डब्ल्यूएचओले रुसलाई कोरोनाविरुद्धको भ्याक्सिन बनाउनका लागि अन्तर्राष्ट्रिय दिशानिर्देशको पालना गर्न आग्रह गरेको थियो।

तर रुसले उक्त दिशानिर्देश पालना नगरेकाे बताइन्छ। भ्याक्सिन बनाउने जो सुकैले पनि ट्रायल पूरा गर्नुपर्ने बारबोसाले बताए।

‘ट्रायल पूरा गरेर भ्याक्सिन सुरक्षित भएकाे प्रमाणित गर्नुपर्छ। त्यसपछि विश्व स्वास्थ्य संगठनले सिफारिश गरेको भनेर सुनिश्चित गर्नुपर्छ,’ उनले भने।

प्रकाशित मिति: : 2020-08-12 09:48:02

प्रतिकृया दिनुहोस्