आइपीएलका लागि थप ५० ‘नेट बलर’ युएई उड्दै

एजेन्सी

मुम्बई

आइपीएलका लागि भारतका ५० युवा खेलाडी ‘नेट बलर’ को रूपमा समावेश हुँदैछन्।

आइपीएल युनाइटेड अरब इमिरेट्स (युएई) को अबुधाबी, दुबई र सारजाहमा हुँदैछ। आइपीएलमा सहभागी ८ फ्रेन्चाइजी टिमका खेलाडीलाई नेटमा बलिङ गर्न उनीहरू पनि युएई जान लागेका हुन्। 

आइपीएल १९ सेप्टेम्बरमा सुरु भएर १० नोभेम्बरमा समाप्त हुनेछ। यसका लागि चेन्नई सुपर किङ्स, कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटलले ‘नेट बलर’ लैजान लागेको पुष्टि गरेका छन्। उनीहरूले नेटमा बलिङ गर्ने खेलाडीको छनोट पनि सुरु गरेका छन्। 

कोलकाताले यसपालि १० ‘नेट बलर’ लैजादैंछ। यस्तै, दिल्लीले ६ र राजस्थान तथा रोयल च्यालेञ्जर्स बेङ्लुरुले ‘नेट बलर’ लैजान छनोट प्रक्रिया सुरु गरेका छन्। यसमा रणजी ट्रफी, युथ–१९ तथा युथ–२३ खेल्ने बलरले मौका पाउने छन्।

प्रकाशित मिति: : 2020-08-12 16:52:59

प्रतिकृया दिनुहोस्