विराटनगरमा कोरोना संक्रमित विद्युत प्राधिकरणका प्राविधिकको मृत्यु

विराटनगरमा थप एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका ३ का ५७ वर्षका पुरुषको बुधबार मृत्यु भएको हो।

मृतक पुरुष नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्राविधिक हुन्।

सोमबार कोशी अस्पताल हुँदै कोभिड– १९ उपचार केन्द्रमा भर्ना गरिएको थियो। उनलाई सोमबार कोरोना पोजेटिभ देखिएको थियो। 

उपचारको क्रममा बुधबार बेलुका ४ बजे मृत्यु भएको कोभिड १९ उपचार केन्द्र विराटनगर प्रमुख डा.दीपक सिग्देलले बताए।

उनमा मधुमेह तथा उच्च रक्तचापको साथै श्वासप्रश्वासमा समस्या थियो। बुधबार बिहानसम्म उनको अवस्था सामान्य थियो। तर दिउँसो अवस्था गम्भीर भएको थियो।

बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङको बुढीगंगा गाउँपालिका २ का ५५ वर्षका पुरुषको मृत्यु भएको थियो।

प्रकाशित मिति: : 2020-08-12 19:13:08

प्रतिकृया दिनुहोस्