न्युजील्यान्डमा लगाइयो थप १२ दिनको लकडाउन

न्युजील्यान्डकी प्रधानमन्त्री जासिन्दा आर्डर्नले देशमा कोरोनाभाइरसको केस बढ्दै गएपछि थप १२ दिनको लकडाउन घोषणा गरेकी छन् । 

अकल्यान्डमा लेभल ३ को नियन्त्रण कायम रहने अनि देशका अन्य भागमा लेभल २ को अलर्ट लगाइने उनले घोषणा गरिन् । कोरोना नियन्त्रण भएको १०२ दिनपछि १३ वटा नयाँ केस देखिएको हो।

क्लस्टरको पेरिमिटर स्थापना गर्ने सुनिश्चित गर्नु र संक्रमण फैलिन नदिनु महत्त्वपूर्ण छ,’ आर्डर्नले चेतावनी दिइन् । 

अकल्यान्ड क्लस्टरमा अमेरिकोल्ड कूलस्टोरका एक कामदारमा कोरोनाभाइरसको केस शुरूमा देखिएको हो । उनी जुलाई ३१ मा बिरामी परेका थिए । 

तर उनी नै पहिलो केस नहुन सक्छन् किनकि भाइरस संक्रमणको स्रोत पत्ता लागिसकेको छैन । 

‘हामीले सतर्कता अपनाइरहेर अनि शुरूमै कठोरता र शुरूमै काम गर्ने न्युजील्यान्डको दर्शनअनुसार अघि बढेर मन्त्रिपरिषद्ले थप १२ दिनको लकडाउन लगाउने निर्णय गरेको छ । त्यो भनेको पूरै दुई हप्ता हो,’ आर्डर्नले भनिन् । 

प्रकाशित मिति: : 2020-08-14 13:06:54

प्रतिकृया दिनुहोस्