मालीमा सैन्य बिद्राहपछि राष्ट्रपतिद्धारा राजीनामा, भने ‘रगतको एक थोपा पनि बगोस् भन्ने चाहन्नँ’

अफ्रिकी देश मालीमा सेनाले बिद्रोह गरेपछि राष्ट्रपति इब्राहिम बाउबाकर केइटाले राजीनामा गरेका छन्। 

उनले बुधबार बिहान एउटा सन्देश प्रशारित गर्दै आफूले रक्तपातपूर्ण स्थितिलाई रोक्न राजीनामा गरेको जानकारी दिएका छन्। 

‘आज सेनाको केही टुकडीले हस्तक्षेप गरेको छ। मसँग अरु कुनै उपाय छ? किनभने म चाहन्न रगतको एक पनि थोपा बगोस्,’ राष्ट्रपति केइटाले राष्ट्रिय टेलिभिजनमा भनेका छन्। 

उनले राज्यको नाममा सम्बोधन गर्दै आफूले राष्ट्रपति पद परित्याग गर्ने निर्णय गरेको जानकारी दिएका थिए। 

आर्मीले केही समयअघि राष्ट्रपति तथा प्रधानमन्त्री बाउबाउ सिसेलाई नियन्त्रणमा लिएको थियो। बामाको शहर नजिकै काटीमा रहेको बेसक्याम्पमा बिद्रोह सुरु भएपछि मालीमा यस्तो अवस्था सिर्जना भएको हो।
 
फ्रान्सको उपनिवेशमा रहेको पश्चिमी अफ्रिकी मुलुकमा भएको आर्मी बिद्रोहप्रति स्वयम फ्रान्स, युरोपेली महासंघ र अफ्रिकी महासंघले असन्तुष्टी जाहेर गरिसकेको छ र उनीहरूले आर्मीलाई कानुन हातमा नलिन चेतावनी दिइसकेका छन्। 

विपक्षीहरूले सुरक्षा संयन्त्र राम्रोसँग सञ्चालन गर्न नसकेको र देशको बिग्रदो आर्थिक अवस्थाको जिम्मेवार राष्ट्रपति केइटा भएको भन्दै लामो समयदेखि विरोध जनाउँदै आएका थिए। यसैको फाइदा उठाएर आर्मीले बिद्रोह गरेका थिए।

प्रकाशित मिति: : 2020-08-19 08:11:01

प्रतिकृया दिनुहोस्