आज सुनकाे मूल्य ताेलामै १६ सयले घट्याे

नेपाली बजारमा बिहीबार सुनको मूल्य केही घटेको छ। 

बुधबार यथावत् रहेको छापावाला सुनको मूल्य तोलामा आज सोह्र सय रुपैयाँले घटेको हो।

बिहीबार छापावाला सुन तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

बुधबार छापावाला सुनको मूल्य तोलाको एक लाख चार सय रुपैयाँ थियो।

यता तेजाबी सुनको मूल्य पनि आज तोलामा १६ सय रुपैयाँले घटेको छ। आज ९८ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। 

बुधबार तेजाबी सुनको मूल्य तोलामा ९९ हजार नौ सय रुपैयाँ थियो।

यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

प्रकाशित मिति: : 2020-08-20 11:49:39

प्रतिकृया दिनुहोस्