चीनमा ४ महिनायता कोरोनाका कारण कसैको निधन भएन

एजेन्सी

बेइजिङ

चीनमा विगत ४ महिनामा कोरोनाका कारण एक जना पनि नागरिकको निधन भएको छैन। यसको जानकारी राष्ट्रिय स्वास्थ्य विभागका अधिकारी गुओ यानहोङले बुधबार राती दिएका छन्।  

उनले कोरोना संक्रमितको उपचार र अपनाउनु पर्ने सावधानीको विषयमा चीनको अनुभव सह्रानीय रहेको बताए। 

चीनमा पछिल्लो चार दिनयता घरेलु संक्रमणको एउटा पनि घटना बाहिर आएको छैन। मंगलबार विदेशबाट आएका ७ नागरिकको रिपोर्ट भने पोजेटिभ आएको थियो। 

कोरोना संक्रमण चीनको उहान शहरबाट विश्वभरी फैलिएको हो। गत डिसेम्बरमा फैलिएको यो महामारीका कारण ७ लाखभन्दा बढी मानिसको निधन भइसकेको छ।

प्रकाशित मिति: : 2020-08-21 07:26:23

प्रतिकृया दिनुहोस्