निषेधाज्ञा लगाइसकेपछि अब के गर्ने ? यस्तो छ विज्ञहरुको सुझाव

हिमाल खबर

काठमाडौँ

रामु सापकोटा 
काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमणको दर बढ्दै गएपछि उपत्यकाका तीन जिल्लामा बुधबार रातिदेखि निषेधाज्ञा लागू गरिएको छ। उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले कोरोना संक्रमणको जोखिम उच्च बनेकाले निषेधाज्ञाको आदेश जारी गरेका हुन्। 

आदेश अनुसार औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु र सेवाका काममा बाहेक कुनै पनि व्यक्तिलाई घरबाट बाहिर निस्कन बन्देज लगाइएको छ। यी काममा बाहेक उपत्यकाका तीन वटै जिल्लामा सवारी साधन पनि सञ्चालन गर्न पाइँदैन । त्यस्तै, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक काठमाडौं उपत्यकाभित्र सवारी साधन प्रवेश गर्न पाउँदैनन् । 

कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को सुझावपछि तीन वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका हुन्। तर, विज्ञहरुले सरकारले निषेधाज्ञा अवधिभर कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा विशेष तयारी नगरे केही समयमै अवस्था नियन्त्रण बाहिर पुग्न सक्ने चेतावनी दिएका छन्। 

जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षित सरकारले के कारण निषेधाज्ञा जारी गरेको भनेर समेत स्पष्ट पार्न नसकेको बताउँछन्। बन्दाबन्दीमा जस्तै निषेधाज्ञाका नाममा अनावश्यक कडाइ गरिएको र उल्टो भीडभाडलाई प्रोत्साहन गरिएको उनको भनाइ छ। 
थप सामग्री : https://www.himalkhabar.com/news/117419

प्रकाशित मिति: : 2020-08-21 11:26:03

प्रतिकृया दिनुहोस्