मेक्सिकोमा कोरोना संक्रमितको संख्या ५ लाखमाथि

एजेन्सी

मेक्सिको

मेक्सिकोमा कोरोना संक्रमितको संख्या ५ लाखमाथि नाघेको छ। पछिल्लो २४ घण्टामा मेक्सिकोमा ५ हजार ७ सय ९२ नयाँ संक्रमित फेला परेका थिए। 

अमेरिकाको छिमेकी रहेको यो देशमा ५८ हजारभन्दा बढी मानिसको निधन भइसकेको छ। यहाँ दैनिक ७ सयको हाराहारीमा नागरिकहरूको ज्यान गइरहेको स्वास्थ्य मन्त्रालयको रिपोर्टमा उल्लेख छ। 

विश्वको सबैभन्दा संक्रमित देशको सूचिमा मेक्सिको सातौं नम्बरमा पर्छ। मेक्सिको सरकारले कोरोनाविरूद्धको भ्याक्सिनका लागि आफूले पनि तयारी गरिरहेको जानकारी दिएको छ।

प्रकाशित मिति: : 2020-08-21 12:54:13

प्रतिकृया दिनुहोस्