मेसीकाे नजर पीएसजी र सिटीमा, पुनर्विचार गर्न प्रशिक्षक कोम्यानले दिए समय

क्याटलान क्लब बार्सिलोनाका नवनियुक्त प्रशिक्षक रोनाल्ड कोम्यानले कप्तान लिओनेल मेसीलाई आफ्नो भविष्यबारे पुनर्विचार गर्न समय दिने बताएका छन्।

सिजन सकिएपछि बिदामा रहेका मेसीले नयाँ प्रशिक्षक कोम्यानसँग छलफलमा आफूले बार्सिलोनामा भविष्य नदेखेको बताएपछि उनले पुनर्विचार  गर्न समय दिने बताएका हुन्।

हालको सम्झौताअनुसार मेसी क्लबसँग सन् २०२१ को जुनसम्मका लागि अनुबन्धित छन्। तर नयाँ सम्झौता नविकरण छलफललाई बिचमा रोक्दै मेसीले सिजन सकिनुअघि नै निर्णय नलिने बताएका थिए। 

तर स्पेनिस सञ्चारमाध्यम आरएसी १ का अनुसार उनलाई थाहा छ कि अहिले नै क्लब छोड्न सक्ने स्थिति भने छैन। 

हुन त मेसीले यस ट्रान्सफर विन्डोमा क्लब छाड्न सहज छैन। उनको रिलिज क्लब ७ सय मिलियन युरो छ। दुई क्लबले सहमति गरे केही कम मूल्यमा उनी अन्यत्र जान सक्छन्। 

यदि मेसीले क्लब छाडे अध्यक्ष जोसेप मारिया बोर्टेमोउले मुल्य घटाउन सक्ने सम्भावना पनि छ। यसअघि २०१८ मा रियल म्याड्रिडका अध्यक्ष फेलोरिन्टिनो पेरेजले पनि क्रिस्टियानो रोनाल्डोलाई युभेन्ट्स पठाउन मुल्य घटाएका थिए।

बार्सिलोनाले मेसीलाई बेचेर आयआर्जन गरेका उक्त रकमको सदुपयोग गर्दै अन्य खेलाडी किन्न सक्छ। मेसी मात्रै होइन लुइस स्वारेज, भिडाल, इभान रकिटिचलयगायतका खेलाडी बार्सिलोनाले बेच्न चाहेको छ।

तर मेसीको स्तरको खेलाडी जति नै रकम तिरेर पाउन गाह्रो हुने बार्सिलोनाले बुझेको छ। यसको बिकल्पमा नेयमार पनि छन्। तर उनलाई बार्सिलोना नफर्काउने कल्बले संकेत दिसकेकाे छ।

बार्सिलोनामा नेयमार रहँदा मेसीसँग उनकाे साझेदारी उत्कृष्ट थियाे। मेसीले २०१७ मा बार्सिलोना छाडेका नेयमारलाई पुनः फर्काउन आग्रह गरेका थिए। तर नेयमारलाई क्लबमा फर्काउन नसक्दा मेसीले आक्रोश पोखेका थिए।

यसअघि पनि पूर्व प्रशिक्षक एर्नेस्टो भालभेर्डे र किके सेटिनसँग मेसीको सम्बन्ध राम्रो रहन सकेको थिएन। यसले पनि बार्सिलोनाको प्रदर्शनमा असर परेको थियो। 

पछिल्लोपल्ट च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हार बेहोरेपछि मेसीले अन्यत्र कल्बमा जाने कुरा खुलाएका थिए।च्याम्पियन्स लिगको खराब प्रदर्शनबाट मेसी झन बढी दिक्क भएको र क्लब छाड्न चाहेको बताइएको छ।

मेसीले बार्सिलोना छाड्ने विषयमा चर्चा चुलिएसँगै उनी युरोपका ३ क्लबका जान सक्ने चर्चा चलेको छ। इन्टर मिलान, म्यान्चेस्टर सिटी र पेरिस सेन्ट जर्मन (पीयसजी) जाने कुरा छ। 

यता मेसीका पिताले मिलानको पोर्टो नुउभामा घर किनिसकेका छन्। त्यसबाट पनि मेसी इटाली जाने सम्भावना रहेको बताइएको पनि बताइन्छ।

यदि उनी इटाली पुगे  विगतमा एल क्लासिको जस्तो इटालियन डर्बी पनि रोमाञ्चक हुने अपेक्षा हुनेछ। किनभने त्यहाँ युभेन्ट्समा रोनाल्डो छन्।

यदि मेसी आउनका लागि तयार भए भने इन्टरले २ सय ६० मिलियन युरो सम्म खर्च गर्न तयार रहेको बताइएको छ।

यता मेसीकाे नजर सिटीमा पनि रहेकाे बताइन्छ। त्यहाँ प्रशिक्षक पेप ग्वार्डिओला छन्। जसले मेसीलाई बार्सिलोनामा भविष्य दिलाएका थिए। यता अर्जेन्टिनका अर्का स्टार सर्जियो अगुएरो पनि त्यही छन्। 

यस्तै मेसीलाई लिन पीएसजीले पनि दाबेदारी दिन सक्ने छ। यहाँ नेयमार, केलियन एमबाप्पले जस्ता स्टारहरु छन्। फ्रेन्च लिग जितिसकेको पीएसजी यो सिजन च्याम्पियन्स लिगको फाइनलमा पुगिसकेको छ। मेसी पीएसजी जाँदा टोली झन् बलियो हुन सक्नेछ।

प्रकाशित मिति: : 2020-08-21 21:33:15

प्रतिकृया दिनुहोस्