सेभियाले छैटौं पटक उचाल्याे युरोपा लिगको उपाधि

स्पेनिस क्लब सेभियाले छैटौं पटक युरोपा लिग फुटबलको उपाधि जितेको छ।

शुक्रबार जर्मनीको कोल्नमा भएको फाइनलमा सेभिल्लाले इन्टर मिलानलाई ३-२ ले पराजित गर्दै उपाधि जितेको हो।

सेभियालाई जित दिलाउन लुक डी योङले दुई गोल गरे। यस्तै डिएगो कार्लोसले थप एक गोल गरे।

इन्टरका रोमेरो लुकाकु र डिएगो गोडीनले एक एक गोल फर्काए।

खेलको पाँचौं मिनेटमै लुकाकुको पेनाल्टी गोलमा इन्टरले अग्रता लिएको थियो। डिएगो कार्लोसले लुकाकुलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए।

१२ औँ मिनेटमा सेभिल्लाले फर्कियाे। उसका लागि जेसस नाभासको क्रसमा हेडरमार्फत नै लुक डे जोङ गोल गरेका थिए।

३३ औँ मिनेटमा सेभिल्लाले डे जोङकै हेडर गोलमा अग्रता बनायो। एभर बनेगाको फ्रिकिक प्रहारमा डे जोङले व्यक्तिगत दोस्रो गोल गर्दै सेभिल्लालाई अगाडि लागेका थिए।

तर खेलकाे ३५ औँ मिनेटमा इन्टर खेलमा फर्कियो। मार्सेलो ब्रोजोभिचको फ्रिकिकमा डिएगो गोडीनले हेडर गोल गर्दै खेल बराबरीमा ल्याए।

७४ औँ मिनेटमा डिएगो कार्लोसले ओभरहेड किक लुकाकुको खुट्टामा डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो।

सेभिल्लाले छैटौं पटक उपाधि जितेको हाे। सन् २००६ र २००७ मा यूईएफए कप रहँदा उपाधि जितेको सेभिल्लाले सन् २०१४ देखि १६ सम्म लगातार तीन पटक जितेको थियो। 

 

प्रकाशित मिति: : 2020-08-22 05:39:02

प्रतिकृया दिनुहोस्