सुनको भाउ आठ सयले बढ्यो

नेपाली बजारमा लगातार चार दिन ओरालो लागेको बहुमूल्य धातु सुनको भाउ बिहीबार एकै दिन ८ सय रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ। छापावाल सुन बुधबार ४ सय रुपैयाँ घटेर तोलाको ९६ हजार ८ सय र मंगलबार ७ सय रुपैयाँले ९७ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो। 

छापावाल सुनको भाउ सोमबार ५ सयले घटेर ९७ हजार ९ सय र आइतबार ४ सयले घटेर ९८ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो। छापावाल सुन गत शुक्रबार तोलाको ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार स्थानीय बजारमा तेजाबी सुनको भाउ ९७ हजार १ सय रुपैयाँ छ। भदौ ५ बाट सुनको भाउ ओरालो लागिरहेको छ। 

त्यसअघि दुई दिन तोलनको १ लाख नाघेको थियो। उपभोक्ताको अनुमानभन्दा उच्च दरमा भाउ बढ्नु तथा कोरोना महामारीका कारण चार महिना लामो ‘लकडाउन’ र एक सातादेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाका कारण सुन बजार नराम्रोसँग प्रभावित भएको व्यवसायी बताउँछन्। छापावाल (२४ क्यारेट) र तेजाबी (२२ क्यारेट) सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ। 

आज बिहीबार चाँदी तोलामा ३५ रुपैयाँले बढेर १ हजार ३ सय ४५ रुपैयाँ पुगेको छ। बुधबार चाँदी १० रुपैयाँले घटेर १ हजार ३ सय १० रुपैयाँ भएको छ। मंगलबार चाँदीको भाउ १ हजार ३ सय २० थियो।

प्रकाशित मिति: : 2020-08-27 11:23:17

प्रतिकृया दिनुहोस्