सुशान्तसिंह राजपूतकी प्रेमिका भन्छिन्- अब मैले आत्महत्या गरेँ भने त्यसको जिम्मेवार को?

एजेन्सी

मुम्बई

बलिउड अभिनेता स्वर्गीय सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरण अहिलेसम्म साम्य बनिसकेको छैन ।

अहिलेसम्म पनि बलिउड उक्त घटनाले तहसनहस छ । यसैबीच बलिउड अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्या प्रकरणलाई लिएर उनकी प्रेमिका रिया चक्रवर्तीमाथि विभिन्न किसिमका आरोप लागिरहेका छन्।

तर, यस्ता खाले सबै आरोपलाई अस्विकार गरिरहेकी रियाले बिहीबार भारतीय टेलिभिजन आजतकसँगको अन्तरवार्तामा आफूले आत्महत्या गरे त्यसको जिम्मेवारी कसले लिने प्रश्न गरेकी छन्।

सुशान्तलाई लागूपद्धार्थ खुवाएर उनीमाथि रियाले नियन्त्रण जमाएको विषयमा बोल्दै रियाले आफू सबै कुराबाट दिक्क भएको सङ्केत गरिन्।

उनले भनिन्, ‘सन् २०१३ मा मेरो पहिलो फिल्म रिलिज हुँदै थियो, र सुशान्तको पो चे रिलिज भईरहेको थियो । हामी यशराजको जिममा मिलेका थियौँ । त्यो बेला हामी भेटि नै रहन्थ्यौँ र राम्रोसँग कुरा हुन्थ्यो, एक अर्कासँग दुखका कुरा साटासाट गर्दथ्यौँ, फेरि सन् २०१९ को १३ अप्रिलमा हाम्रो भेट रोहिणी अइयरको पार्टीमा भएको थियो, त्यसबाट नै हाम्रो रिलेशन शुरु भयो, हामी दुबैले मायाँ प्रेम गर्न थाल्यौँ, सुशान्तले मलाई एक दिनमै मायाँ बसेको बताएको थियो, तर मैले दुई तीन महिना लिन्छु भनेकी थिएँ, त्यहि समयमा भनेको आई लभ यूको परिणाम मैले आज यसरी भोग्नुपर्छ भन्ने मलाई के थाहा थियो र ? मैले त्यो बेला पनि भनेकी थिएँ, यो ठूलो कुरा हो, म समय लिन्छु ।’

उनले अगाडि भनेकी छन्,‘के अब मलाई आरोप लगाउन यही कुरा मात्र बाँकी थियो? म त भन्छु एक बन्दुक लिएर आऊ, मेरो परिवार लाइनमा उभिन्छ। गोली हानेर सबैलाई उडाइदेऊ। नत्र हामी पनि आत्महत्या गर्छौं अनि त्यसको जिम्मेवारी कसले लिन्छ?” रिया भन्छिन्, “म यी सबै आरोप अस्विकार गर्छु। यी सबै बनाइएका कुरा हुन्। अनुसन्धानमा असर पुग्ने भएकाले म विस्तृतमा जान चाहन्न।’

प्रकाशित मिति: : 2020-08-28 10:08:43

प्रतिकृया दिनुहोस्