भारतमा नोटमा सेनिटाइजर गर्दा २ हजारको १७ करोड रुपैयाँ खराब

कोरोना संक्रमणका कारण भारतमा करोडौं रुपैयाँ खराब भएको छ। कोरोनाका कारण मानिसहरूले नोटलाई सेनिटाइजर, पनीले धुने र घाममा घण्टौं सुकाएका कारण खराब भएको हो। 

भारतीय रिजर्भ बैकका अनुसार यस वर्ष दुई हजार रुपैयाँको १ करोड नोट खराब भएको छ। यो तथ्यांक गत वर्षको तुलनामा ३ सय प्रतिशतले बढेको हो। दोस्रो नम्बर २ सयको नोट र तेस्रोमा ५ सयको नोट खराब भएको छ
। 
नोटबाट संक्रमण सर्न सक्ने कुरा बाहिर आएपछि मानिसहरू डरले आफ्नो पैसालाई सेनिटाइज गर्न थालेका थिए। सुरुको दिन मानिसहरुले नोटलाई पानीले सफा गरेका थिए। बैंकले पनि नोटको बन्डलमा सेनिटाइजर स्प्रे गर्दै आइरहेको छ। 

रिजर्भ बैकले १० रुपैयाँको नोटदेखि खराब हुन थालेको बताएको छ। बैंक अधिकारीका अनुसार ५ सयको नोट पनि दस गुणाले खराब भएको छ। २ सयको नोट तीन सय गुणाले खराब भएका छन्। २० रुपैयाँको नोट भने बीस गुणाले खराब भएको छ।

प्रकाशित मिति: : 2020-08-30 09:10:20

प्रतिकृया दिनुहोस्