बहराइनका राजकुमार हिमाल आरोहणका लागि नेपाल आउने भएका छन्।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले १५ सेप्टेम्बर २०२० पछि बहराइनका राजकुमारसहित १५ बहराइनी र तीन ब्रिटिश नागरिकलाई चार्टर फ्लाइटबाट नेपाल आउने अनुमति दिएको हो।
उनीहरुले लोबुचे र मनास्लु हिमाल आरोहण गर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।