नेपालका लागि पूर्व बेलायती राजदूत रिचार्ड मोरिसको शव ह्यामिसफेरको एक जंगलमा फेला परेको छ।
बिबिसीका अनुसार अन्तिम पटक बेन्टिलेमा मे महिनाको ६ तारिखमा देखिएका रिचार्डको शव एलाइस होल्ट जंगलमा भेटिएको अधिकारीहरुले जानकारी दिएका छन्।
५२ वर्षीय मोरिसको शव संकास्पद नदेखिएको र यसबारे उनको परिवारलाई पनि जानकारी गराइसकिएको छ। यसअघि पनि प्रहरीले त्यो जंगलमा खोजी गरेको थियो। मोरिस यसै जंगलमा दौडिन रुचाउँथे।
प्रहरीले घटनाका बारेमा अनुसन्धान गरिरहेको जनाइएको छ । मोरिसले नेपालमा सन् २०१९ सम्म चार वर्ष काम गरेका थिए । उनी बेपत्ता हुनुअघि बेलायत सरकारले फिजिका लागि ब्रिटिस हाई कमिसनका लागि नियुक्त गरेको बीबीसीले जनाएको छ । मोरिसका श्रीमती, दुई छोरा र एक छोरी छन् ।