सिल भएका नाकाबाट भारतीय नागरिक कसरी आउँछन् नेपाल?

आयोमेल

जनकपुर/वीरगन्ज/धनगढी

माेहन जाेशी / धैर्यकान्त दत्त / आरोहण शाह

कैलालीको धनगढी माइत भएकी एक भारतीय महिला भदौ ९ गते बिहान गौरिफण्टा नाका हुँदै नेपाल भित्रिइन्। भारतीय नागरिकसँग विवाह गरेकी ती महिलासँग उनका श्रीमान र छोरी पनि थिए। 

कोरोना भाइरसको संक्रमण बढिरहेका बेला सरकारले अन्तर्राष्ट्रिय सीमामा आवतजावत रोक लगाएको छ भने भारतमा रहेको नेपालीले पनि अत्यावश्यक कामले स्वदेश फर्किए क्वारेन्टाइनमा राख्ने गरिन्छ।

यसरी सीमावारपार अवैध आवतजावत नगर्न र अवैध रुपमा आएकालाई घरमा नराख्न समेत सरकारले निर्देशन जारी गरिसकेको छ।

तर धनगढी उपमहानगरपालिका–३ का वडा अध्यक्ष बलबहादुर ऐरले उनीहरुलाई धनगढी ल्याएका थिए।  धनगढीकै क्षेत्रीय रंगशालामा रहेको क्वारेण्टाइनमा ल्याएर उनीहरुलाई राखियो। 

तर स्थानीय प्रशासनले ती भारतीय नागरिकलाई उनकै देश पठाउन निर्देशन दियो। क्वारेण्टाइनमा रहेकी ती महिला र उनका श्रीमानलाई प्रहरीले भारत पठाउन खोज्दा

वडा अध्यक्ष ऐर विरोधमा उत्रिए। उनी पनि परे। 

तर  ऐरको तर्क भने यस्तो छ। ‘दिउँसो मेरै रोहबरमा ल्याइएको थियो। राति फेरि नाकामै लगेर अलपत्र छोड्न थालिएपछि मैले विरोध गरेको थिए, प्रहरीले मलाई नै पक्राउ गर्‍यो,’ उनले भने, ‘राति नफर्काएर अर्को दिन बिहान फर्काउन प्रहरीसँग आग्रह गरेको थिए। तर राति नै उनीहरुलाई सीमामा अलपत्र छोडियो। ऐर रिहा भइसकेका छन्। अहिले २ हजारभन्दा बढी भारतीय धनगढी भित्रिएको उनको दाबी छ।

प्रकाशित मिति: : 2020-09-02 07:38:24

प्रतिकृया दिनुहोस्