बिहिबार सुनको मूल्य तोलामा ७ सयले घट्यो, ९७ हजार २ सय रुपैयाँमा कारोबार

अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ७ सय रूपैयाँले घटेको छ। बिहीबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य ९६ हजार ५ सय रूपैयाँ तोकिएको छ।

बुधबार छापावाल सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

साताको पहिलो र दोस्रो दिन बढेको सुनको मूल्य पुनः घट्न थालेको हो। त्यसैगरी चाँदीको मूल्य पनि घटेको छ।

बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय ४५ रूपैयाँ तोकिएको छ। यो मूल्य बुधबारको तुलनामा २० रूपैयाँ कम हो। बुधबार चाँदी प्रतितोला १३ सय ६५ रूपैयाँमा कारोबार भएको थियो।

मंगलबार चाँदी प्रतितोला १३ सय ९५ रूपैयाँ मूल्य तोकिएको थियो।

प्रकाशित मिति: : 2020-09-03 11:04:01

प्रतिकृया दिनुहोस्