भोकले कराउँदैछ मजदुरको पेट, ओली जमाउँदैछन् अर्बाैंकाे खाल

आयोमेल

काठमाडौँ

सुन्दर खनाल 

निकै पढे–लेखेका, निष्काम कर्मयोगी झैं बिरामीमात्र जाँच्दै आएका एक महामारी विशेषज्ञ सरकारी पक्षको निरन्तर कर्कश दबाबले लगभग मुख टालिएपछि एक भेटमा भन्दै थिए- ‘दसैंताका हामीकहाँ रमिता भएको दुनियाँले देख्ला!’ 

डाक्टर जातैले भविष्यवेत्ता होइन। न वैज्ञानिक नै हो। तर, गहिरो ज्ञानका आधारमा भविष्यानुभूति प्राप्त गर्ने मानिसहरू समय-समयमा समाजले पाउँछ। तिनलाई चिन्दा समाजलाई नै राम्रो हुने हो। तिनलाई ‘खुर्पाको बिँड’ ठान्दा चाहिँ हाम्रो हालत हुने हो। 

डाक्टरसाबको मुखारविन्दबाट सभ्य भाषामा उक्त चेतावनी अभिव्यक्त भएको केही दिनमै स्वास्थ्य मन्त्रालयले अति गोप्य तबरमा तयार गर्न लगाएको एउटा प्रतिवेदन आयोमेलले प्राप्त गर्यो। 

त्यसमा प्रस्तुत मोडलिङले दसैंताका देखिने भनिएकै कोरोनाको रमिता सचित्र आँकडामा देखाउँथ्यो। र, त्यसलाई आलेख बनाएर पोस्टिरहँदा नेपालका प्रधानमन्त्री चाहिँ बेसारे प्रेस्क्रिप्सन दिँदैमा व्यस्त थिए। 

सँगै, आफ्नै पार्टीलाई द्वन्द्व मदपानमा झिँगल्दै थिए, भारतसँगको राष्ट्रियता-व्यापारलाई चुल्याउँदै थिए। 

प्रधानमन्त्रीको त्यो ध्यान-चित्त र व्यवहारका कारण नै भोकको राँकोले छटपटाइरहेका नेपाली जनताले कोरोना संक्रमणको खतरालाई कम आँके। नभन्दै, कर उठ्तीको उद्देश्यले रातारात लकडाउन खोलेर सीमा-नाका ह्वाङ्ग छाडिँदा राजधानी उपत्यका यतिबेला दक्षिण एसियाकै डरलाग्दोमध्येको हटस्पट बन्न पुग्यो। 

लापरवाह केपी सरकारले दिएको खुला आमन्त्रण स्विकारी अहिले कोरोना भाइरसले काठमाडौं उपत्यकामा राज गर्न सुरु गरेको छ। 

प्रकाशित मिति: : 2020-09-03 20:13:26

प्रतिकृया दिनुहोस्