फेरान टोरेसकाे इन्ज्युरी समयमा गोल, जर्मनी र स्पेन बराबरीमा राेकियाे

स्पेनी डिफेन्डर जोसे गायाले इन्ज्युरी समयको अन्तिम मिनेटमा गोल गरेपछि यूईएफए नेसन्स लिगको समूह चरणको पहिलो खेलमा स्पेनले जर्मनीसँग बराबरी खेलेका छन्।

स्टुटगार्टमा बिहीबार खेलको अधिकांश समय जर्मनीकाे दवदवा रहेपनि १-१ गाेलको बराबरीसँगै अंक बाँड्न बाध्य भयो। 

पहिलो हाफमा टिमो वेर्नरको गोलमा अग्रता लिएको जर्मनीले अन्त्यमा गोल खायाे।

खेलको ५१ औं मिनेटमा जर्मनीले वेर्नरको गोलमा अग्रता लियो। डेब्यु गरिरहेका रोबिन गोसेन्सको लो क्रसलाई वेर्नरले पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक डे हेयाले बचाउने कुनै अवसर पाएनन्।

इन्ज्युरी समयको दोस्रो मिनेटमा स्पेनले गोल गरेपनि रेफ्रीले फल भएको भन्दै मान्यता दिएनन्। फेरानको फ्रिकिक क्रसमा अन्सु फातीको हेडर गोल गरेका थिफ। त्, उक्त क्रममा रामोसले गिन्टरलाई फल गरेपछि रेफ्रीले फल दियाे।

इन्ज्युरी समयको सातौं मिनेटमा स्पेनले बराबर गोल फर्कायो। फेरान टोरेसको क्रसमा पेनाल्टी क्षेत्रभित्र रोड्रीगोको हेडरलाई जोसे गायाले गोल गर्दै बराबरीमा ल्याए। 
 

प्रकाशित मिति: : 2020-09-04 05:43:38

प्रतिकृया दिनुहोस्