नाभास, मार्किन्हस र इकार्डीलाई काेराेना संक्रमण

फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) का थप तीन जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ।

दुई दिनअघि ब्राजिली स्टार नेयमारसहित थप दुई खेलाडीमा कोरोना पुष्टि भएपछि अन्य खेलाडी तथा पदाधिकारीको कोरोना परीक्षण गर्दा गोलरक्षक केलर नाभास, डिफेन्डर मार्किन्हस र फरवार्ड मोउरो इकार्डीमा कोरोना पुष्टि भएको हो। 

कोरोना पुष्टि भएका सबै ६ खेलाडी क्वारेन्टाइनमा बसिसकेका छन्।

अगस्ट अन्तिम साता च्याम्पियन्स लिगको फाइनलपछि खेलाडीहरुले विश्राम पाउदा छुट्टी मनाउन स्पेनको इबिजा बिचमा पुगेका थिए। साेही क्रममा उनीहरुलाई काेराेना संक्रमण भएकाे अनुमान गरिएकाे छ।

 एक साताको बीचमा ६ जना खेलाडीमा कोरोना पुष्टि भएसँगै पीएसजीको नयाँ सिजनको यात्रा थप अन्योलता बढेको छ। फ्रान्सेली लिगको नियम अनुसार ८ दिनको अन्तरमा ४ भन्दा बढी खेलाडीमा कोरोना संक्रमण देखिए खेल स्थगित गर्नुपर्ने छ।

भर्खरै च्याम्पियन्स लिग खेलेका कारण पीएसजीको सिजनको पहिलो खेल सेप्टेम्बर १० लाई सारिएको थियो। फाइलनलमा पीएसजी जर्मन कल्ब वायर्न म्युनिखसँग १–० गाेल अन्तरले पराजित भएकाे थियाे।

पीएसजीले लेन्ससँग खेल्दै फ्रेन्च लिग वानको सुरुवात गर्ने तालिका रहेको छ। 

प्रकाशित मिति: : 2020-09-04 13:33:38

प्रतिकृया दिनुहोस्