रोनाल्डो बिनाको पोर्चुगलकाे शानदार जित

कप्तान क्रिस्टियानो रोनाल्डो बिनाको पोर्चुगलले यूईएफए नेसन्स लिगको पहिलो खेलमा क्रोएसियामाथि शानदार जित दर्ता गरेको छ।

साविक विजेता पोर्चुगलले एकपक्षीय प्रदर्शन गर्दै विश्वकपको उपविजेता क्रोएसियालाई ४–१ गाेल अन्तरले पराजित गरेको हो। 

पोर्चुगललाई ४१ ‌औँ मिनेट जोआओ क्यान्सेलोले गोल गर्दै अग्रता दिलाएका थिए।

 पोर्चुगलले दोस्रो हाफमा तीन गोल थप्यो। डीओगो जोटाले ५८ ‌औँ मिनेटमा अग्रता दोब्बर पारे। उनले राफेल गुरेरोको पासलाई गोलमा परिरणत गरे।

७० ‌औँ मिनेटमा जोआओ फेलिक्सले गोल गरे। बर्नार्डो सिल्भाको पासमा फेलिक्सले पेनाल्टी क्षेत्र बाहिरबाट सुन्दर गोल गरे। 

खेलको ९० ‌औँ मिनेटमा आन्द्रे सिल्भाले पेपेको पासमा गोल गर्दै फराकिलो जित पक्का गरे।

यता थप गरिरएको अन्तिम मिनेटमा पेट्कोभिकले सानतोना गोल गरेर खेल ४–१ मा पुर्‍याएका थिए।

कप्तान रोनाल्डोले बुढी ‌औँलामा चोट लागेका कारण यो खेल गुमाएका थिए। रोनाल्डोले अर्को खेल पनि गुमाउने सम्भावना रहेको छ। 

यता क्रोएसियाका लुका मोड्रीच र इभान राकीटिचलाई यस चरणका लागि विश्राम दिइएको थियो। 

प्रकाशित मिति: : 2020-09-06 05:59:33

प्रतिकृया दिनुहोस्