जेम्स रोड्रिग्वेज इंग्लिस क्लब एभर्टनमा अनुबन्धित

 जेम्स रोड्रिग्वेज इंग्लिस क्लब एभर्टनमा अनुबन्धित भएका छन्।

कोलम्बियन खेलाडी रोड्रिग्वेजलाई प्रिमियर लिग क्लब एभर्टनले २० मिलियन पाउण्डमा अनुबन्धित गरेको हो। 

स्पेनिस क्लब रियल मड्रिडका २९ वर्षका अट्याकिङ्ग मिडफिल्डर २९ वर्षका रोड्रिग्वेजले क्लबसँग दुई वर्षको सम्झौता गरेका छन् र सो सम्झौता थप दुई वर्ष बढाउन मिल्ने छ।

सन् २०१४ मा उनी मोनाकोबाट मड्रिडमा गएका थिए। सो वर्षको विश्वकप फुटबलमा सर्वाधिक गोलकर्ता बनेर गोल्डेन बुट जितेपछि रोड्रिग्वेज चर्चामा आएका थिए।

दुई सिजन जर्मन क्लब वायर्न म्युनिखमा लोनमा बिताएका उनले दुवै सिजन बुण्डेसलिगा उपाधि जितेका थिए। 

गएको सिजन लोनबाट फर्किएका उनले जिनेदिन जिदानको टिम मड्रिडबाट मात्रै ८ ला लिगा खेलमा सहभागी हुने मौका पाएर। जसमा उनले एक गोल गरे।

गएको सिजन रोड्रिग्वेज मड्रिडबाट १४ खेलमा सहभागी भएका थिए। मड्रिडबाट उनले दुई पटक ला लिगा तथा दुई पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन्।

प्रकाशित मिति: : 2020-09-08 06:18:37

प्रतिकृया दिनुहोस्