गुजारा चलाउन नसक्दा आत्महत्या, तीन छोराछोरीको बिजोक

मोरङको सुन्दरहरैचा नगरपालिका– १० सुकुम्बासी बस्तीका ४७ वर्षीय अशोक दर्जीको दैनिकी दुःख सुख चलेकै थियो । मजदुरी गरेर ६ जनाको परिवार पालेका थिए ।

राम्रो कमाइ हुने भन्दै विदेश जान लागेकी श्रीमतीलाई दलालले दिल्ली पुर्‍याए । दिल्ली पुगेको केही दिनपछि लकडाउन सुरु भयो र श्रीमती दिल्लीमै अलपत्र छिन् । निर्माण क्षेत्रमा मजदुरी गर्ने अशोकले पनि काम पाएनन् । आम्दानीको बाटो बन्द भयो, परिवारमा भोकमरी नै लाग्ने स्थिति आयो ।

लकडाउन पाँच महिना संघर्ष गरेका उनले दुई छोरी र एक छोराको पेट पाल्न घरमा भएको ग्यास सिलिण्डर पनि बेचे । त्यतिञ्जेल पनि काम पाएनन् । अशोकले मंगलबार आत्महत्या गरेपछि १७ र १५ वर्षकी छोरी र १३ वर्षका छोराको बिचल्ली भएको छ । जेठी छोरीको भने विवाह भइसकेको छ ।

प्रकाशित मिति: : 2020-09-11 18:57:56

प्रतिकृया दिनुहोस्