क्रिस्टल प्यालेसले इंग्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुवात गरेका छन्।
नयाँ सिजनको पहिलो खेलमा क्रिस्टलले शनिबार साउथह्याम्पटनलाई १-० ले पराजित गर्दै विजयी सुरुवात गरेकाे हाे।
घरेलु मैदानमा क्रिस्टललाई जित दिलाउन विल्फ्रिड जाहाले गरेकाे गाेल निर्णायक बन्याे।
साउथह्याम्पटनविरुद्ध टाउनसेन्डको पासमा जाहाले १३ औं मिनेटमा गोल गरेका थिए।
यस्तै खेलको ८२ औं मिनेटमा जाहाले दोस्रो गोल गरेपनि गोलको मान्यता पाएन्।
भीएआरको सहायताबाट जाहाको गोललाई रेफ्री अफसाइड दिएको थियो।
जितसँगै क्रिस्टलले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ। क्रिस्टल लिगको दोस्रो स्थानमा समेत उक्लिएको छ।
साउथह्याम्पटनले भने हारबाट सिजनको सुरुवात गरेको छ।