‘सहरमा मान्छे यसरी पनि बाँच्दारहेछन्’

अनलाइनखबर

काठमाडौँ

विश्वास खड्काथोकी

उनले सामाजिक सञ्जालमा फोटो पोस्ट गरेकी छैनन्, अखबारमा उनको नाम पनि छापिएको छैन । भिडियो अन्तर्वार्ताका लागि तँछाड-मछाड गर्दै दौडिएकी पनि छैनन् । उनको नाम हो – गीता श्रेष्ठ ।

सामाजिक अभियन्ता रितु लिम्बुबाट पहिलोचोटि गीताको बारेमा सुनेका थियौं । त्यसपछि अनलाइनखबरले उनीसँग सम्पर्क गर्ने प्रयास गर्‍यो ।

दिउँसो करिब साढे एकबजे गीताले फोनमा भनिन्, ‘भर्खर ट्युसन पढाएर सकियो । बिहान छ बजे निस्किएपछि खाना पनि खाएको छैन । अब घरमा पुग्छु अनि खाना खाएर महालक्ष्मीस्थान पुग्नुपर्नेछ ।’

उनले आफ्नो खसखस सुनाइन्, ‘मलाई समाचारमा आउन मन छैन सर ! मलाई त निरन्तर काम गर्नु छ, उनीहरूको खुसीसँगै आनन्द लिनुछ ।’

लकडाउनसँगै निरन्तर अभाव र भोकले थलिएकाहरूकोे झुप्रोमा गीता दौडिरहेकी छन् । आफ्नो बलबुताले भ्याएसम्म काठमाडौंका भोका र नाङ्गाहरूको अनुहारमा मुस्कान छर्ने प्रयासमा छिन् उनी ।

प्रकाशित मिति: : 2020-09-13 13:40:31

प्रतिकृया दिनुहोस्