स्पेनीस खेलाडी सेस फाब्रिगासले व्यवसायीक फुटबलतर्फ करियरको ८ सयौं खेल पूरा गरेका छन्।
लण्डन क्लब चेल्सी र आर्सनलका पूर्व खेलाडी फाब्रिगासले मुख्य भूमिका खेल्दा मोनाकोले लिग वानका अपराजित यात्रालाई कायम राखेको छ।
मोनाकोले साेमबार राति भएकाे खेलमा नान्टलाई २–१ ले हराएको हो। सोफिया डायपले मोनाकोलाई सुरुवाती अग्रता दिलाएका थिए। पाहुना टोलीका लुडोविक ब्लासले नान्टका लागि बराबरी गोल फर्काएका थिए। विलेम गेम्बेल्सले मोनाकोका लागि विजयी गोल गरेका थिए।
खेलपछि फाब्रिगासलाई ड्रेसिङ रुपमा ८ सय खेलको बिशेष टिसर्ट दिइएको थियो।
१७ बर्षको उमेरमा फाब्रिगासले आर्सनलबाट सिरियर फुटबलमा डेब्यु गरेका थिए। उनले सन् २००३ देखि २०११ सम्म आर्सनलबाट ३०३ खेल खेलेका थिए।
800 games as a professional!! What an amazing victory from the team. Let’s keep it up!! ❤️????????⚽️???????? pic.twitter.com/MXOuIxke31
— Cesc Fàbregas Soler (@cesc4official) September 13, 2020
त्यसपछि उनी स्वदेश फर्किए। सन् २०११ मा बाल्यकालको क्लब बार्सिलोनामा गएका थिए।
त्यसपछि उनी बार्सिलोना गए। उनले बार्सिलोनामा १ सय ५१ खेलमा प्रतिस्पर्धा गरे। सन् २०१४ मा भने उनी बार्सिलोना छाडेर चेल्सी आएका थिए। उनले चेल्सीबाट १ सय ९८ खेलमा प्रतिस्पर्धा गरेका थिए।
उनी सन् २०१९ मा लण्डन क्लबबाट मोनाकोमा आएका थिए। सम्झौता अनुसार उनी साढे तीन वर्षसम्म मोनाकोमा रहने छन्।
उनले मोनाकोबाट ३८ खेलमा प्रतिस्पर्धा गरेका छन् भने स्पेनका अन्तराष्ट्रिय खेलाडी फाब्रिगासले राष्ट्रिय टिमबाट १ सय १० क्याप जितेका छन्।
उनले आफ्नो करियरको दौरानमा विश्वकप, युरोकपसँगै इङ्ल्याण्ड र स्पेनमा लिग उपाधि समेत जितेका छन्।