कुलमान घिसिङलाई प्रश्न: प्राधिकरणको प्रमुखका लागि खुला प्रतिस्पर्धा भए तपाईँ प्रक्रियामा जाने कि नजाने?

कुलमान घिसिङलाई प्रश्न: खुला प्रतिस्पर्धा भए तपाईँ प्रक्रियामा जाने कि नजाने?

नेपालमा लामो समयदेखि भइरहेको लोडसेडिङ अन्त्य गर्दै लोकप्रिय बनेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल यसै साता सकिएको छ।

वर्षौंसम्म घाटामा चलेको प्राधिकरणलाई नाफामा पुर्याएका घिसिङलाई अर्को एक कार्यकालका लागि नियुक्त गर्नुपर्ने आवाज सामाजिक सञ्जालमात्रै नभएर सडकबाट समेत उठिरहेका छन्। तर यस विषयमा सरकार कुनै टुङ्गोमा पुगिसकेको छैन।

'कसैले नचिताएको काम गर्न सक्षम व्यक्तिलाई थप अवसर दिइनुपर्ने' कतिपयको भनाइ छ। अर्कोतिर व्यक्तिभन्दा थिति बसाल्नुपर्ने हुँदा प्राप्त उपलब्धिलाई संस्थागत गर्ने गरी प्राधिकरणको बागडोरको विषयमा निर्णय गर्नुपर्ने आवाज पनि छ।

प्रकाशित मिति: : 2020-09-17 17:24:39

प्रतिकृया दिनुहोस्