टोटेनह्यामकाे साँधुराे जित

यूईएफए युरोपा लिग अन्तर्गत बिहीबार राति भएकाे  छनोटको दोस्रो चरणको प्लेअफमा इंग्लिस प्रिमियर लिगको टोटेनह्याम ले बुल्गेरियाको लोकोमोटिभ प्लोभडिभलाई पराजित गरेको छ।

बुल्गेरियाविरुद्ध टोटेनह्याम ले २-१ गाेल अन्तरकाे जित हात पारेकाे हाे। तीनै गाेल दाेस्राे हाफमा भएकाे हाे। 

७१ औं मिनेटमा घरेलु टोलीका लागि जिओर्जी मिन्चेभले गोल गर्‍याे। कर्नरमा आएको बललाई डिमिटार इलिएभले फ्लिक गरेपछि मिन्चेभले हेडरमार्फत गोल गरेका थिए।

त्यसको ८ मिनेटपछि नै टोटेनह्याम खेलमा फर्कियाे।  पेनाल्टीमा ह्यारी केनले गोल गर्दै खेल बराबरीमा ल्याए।

डिनिस अल्मेडाले डि बक्स भित्र बललाई हातले रोकेपछि रेफ्रीले रातो कार्ड दिएका थिए। लगत्तै रेफ्रीको निर्णयमा अपात्ति जनाएपछि बिर्सेन्ट कारागारेनले पनि दोस्रो पहेंलो कार्ड खाँदै मैदान छाड्नुपर्‍याे।

यसपछि कमजाेर बनेकाे बुल्गेरियाले खेलकाे ८५ औं मिनेटमा अर्काे गाेल खायाे। लुकास मोउराको पासमा वैकल्पिक खेलाडी टान्गी एनडोम्बेलेले गोल गर्दै खेलमा टोटेनह्याम लाई जित दिलाए। 

टोटेनह्यामले अब तेस्रो चरणमा म्यासेडोनियाको स्केन्दिजासँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति: : 2020-09-18 05:44:20

प्रतिकृया दिनुहोस्