‘फरवार्ड अफ दि सिजन’ अवार्डको मनोनयनमा लेवान्डोस्की, एमबाप्पे र नेयमार

च्याम्पियन्स लिग फुटबलको ‘फरवार्ड अफ दि सिजन’ अवार्डको मनोनयन सार्वजनिक भएको छ।

बिहीबार सार्वजनिक गरिएको मनोनयनमा तीन खेलाडी परेका हुन्।

मनोनयनमा च्याम्पियन टिम वायर्न म्युनिखका रोबर्टो लेवान्डोस्की, उपविजेता टिम पेरिस सेन्ट जर्मेन (पीएसजी)का केलियन एमबाप्पे र नेयमार रहेका छन्।

यस्तै गोलकिपर अवार्डका लागि वायर्नका मानुएल नुएर, पीएसजीका केलर नाभास र एट्लेटिको मड्रिडका जान ओब्लाक मनोनयनमा परेका छन्।

मिडफिल्डर अवार्डका लागि वायर्नका थोमस मुलर, म्यानचेस्टर सिटीका केभिन डी ब्रुएन र थियागो मनोनयनमा परेका छन्।

डिफेन्डरमा वायर्नका डेभिड अल्बा, अल्फान्सो डेभिस र जोसुवा किमिच मनोनयनमा परेका छन्।

अवार्ड विजेताको घोषणा जुन अक्टोबर १ मा च्याम्पियन्स लिगको ड्र बाट सार्वजनिक गरिने कार्यक्रममा हुनेछ।  

प्रकाशित मिति: : 2020-09-18 05:56:11

प्रतिकृया दिनुहोस्