फेरि बढ्यो सुनको भाउ, तोलाको ९७ हजार

पहेंलाे धातु सुनको भाउ प्रतितोला ४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको ९७ हजार रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी  चाँदीको भाउ प्रतितोला १ हजार ३३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ  । यसअघि, बिहीबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । चाँदी प्रतितोला १ हजार ३२० रुपैयाँ  थियो । 

प्रकाशित मिति: : 2020-09-18 13:08:53

प्रतिकृया दिनुहोस्