देउवा परिवारकाको काेराेना रिपोर्ट नेगेटिभ

कांग्रेस सभापति शेरबहादुर देउवा परिवारकाको रिपोर्ट नेगेटिभ आएको छ। 

देउवा, पत्नी आरजु राणा, स्वकीय सचिव भानु देउवा लगायत परिवारका सदस्य तथा सहयोगीको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो ।

निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुले कुपण्डोलस्थित विध ल्याबमा शुक्रबार स्वाब दिएका थिए। 

यता देउवा बिहीबारदेखि होम आइसोलेसनमा बसेका थिए।

तर, ती संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको थियो ।

देउवा आइसोलेसनमा बसे पछि बिहीबार सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष दलबीच संवैधानिक निकाय र विश्वविद्यालयमा रिक्त रहेका पदमा नियुक्तिका बारेमा छलफलका लागि बैठक स्थगित भएको थियो ।

प्रकाशित मिति: : 2020-09-18 19:50:54

प्रतिकृया दिनुहोस्