सर्वसुलभ शिक्षाको माग राख्दै नेविसंघले बुझायाे आरआर क्याम्पस प्रमुखलाई ध्यानाकर्षण पत्र

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भातृसंगठन नेपाल विद्यार्थी संघ आरआर क्याम्पस इकाइले सर्वसुलभ शिक्षाबाट विद्यार्थीलाई बञ्चित गराउन खोजिएको भन्दै शुक्रबार क्याम्पस प्रमुखलाई ध्यानाकर्षण गराएको छ। 

नेविसंघका अध्यक्ष संजिब ढकाल, सचिव अनुराग शाह, उपाध्यक्षहरु रामजी बस्नेत,रसिक बानियाँ, सफल न्यौपानेले हस्ताक्षर गरेको जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘अनलाइन कक्षाका नाममा नीजि शैक्षिक संस्थाहरुले विद्यार्थी तथा अभिभावकहरुलाई दोहोरो मारमा पर्नेगरि बिना पुर्वाधारको प्रणाली एक्कासी लागू गरेर शिक्षालाई व्यापारिकरण गरि विभेदपूर्ण नीतिको सुरुवात गरिएको छ। यसको अन्तय हुनुपर्छ।’

विद्यार्थीसँग घरमा समाचार सुन्ने रेडियोसमेत नभएको अवस्थामा यस्तो नीतिले समाजमा धनी र गरिबबीचको दूरी बढाउने काम गरेको भन्दै नेविसंघले  आपत्ति जनाएको छ। 

‘शिक्षणसंस्था प्रतिको विस्वस्नियता गुम्ने, शिक्षकहरु जिम्मेवारीबाट पन्छिने र गुणस्तरहीन शिक्षाको थालनीले समाजमा विभेद निम्त्याएको छ। यस्तो विभेदकारी कदमलाई तत्काल रोक्न आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ। 

प्रकाशित मिति: : 2020-09-18 21:51:47

प्रतिकृया दिनुहोस्