त्रिशूलीमा पेट्रोल ट्याङ्कर खस्यो, चालक र सहचालक सम्पर्कविहीन

त्रिशूली नदीमा पेट्रोल ट्याङ्कर खसेको छ। ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर जिल्लाको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेको हो।

खसेको ट्याङ्करमा आगलागी भएको छ।

ट्याङ्कर चालक र सहचालक कहाँ छन् भन्ने कुनै जानकारी नभएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिए।

नदीमा खसेको ट्याङ्कर पानीमा डुबेको छ भने केही भाग देखिएको छ। अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ। (रासस)

प्रकाशित मिति: : 2020-09-20 09:34:13

प्रतिकृया दिनुहोस्