ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

नौमूले गाउँपालिका १ स्थित मालुभीरमा ट्रयाक्टर दुर्घटना हुँदा चालक कविराम पुरीको घटनास्थलमै मृत्यु भएको छ ।  

नौमूले सडक निर्माणका लागि प्रयोग गरिएको ना ७ त १२१६ नम्बरको ट्रयाक्टर शनिबार अपराह्न ३  बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी नैनबहादुर साउदले बताए।
     
सहचालक नौमूले गाउँपालिकाका नन्द बस्नेत घाइते भएका छन् । उनको उपचार नौमूले स्वास्थ्य केन्द्रमा भइरहेको छ । 

ढुङ्गा ओसारपसार गरिरहेको ट्रयाक्टर सडकबाट दुई सय मिटर तल खसेको थियो । 

दुल्लू नगरपालिका– ९ धामीगाउँका पुरीको शव परीक्षणका लागि स्वास्थ्य सेवा कार्यालय दैलेख ल्याउने तयारी भएको छ । घटनाको अनुसन्धानका लागि प्रहरी घटनास्थलमा पुगिसकेको छ । 

प्रकाशित मिति: : 2020-09-21 06:56:18

प्रतिकृया दिनुहोस्