रुपन्देहीमा कारसहित भन्सार छलीको सामान बरामद

 प्रहरीले रुपन्देहीमा एउटा कारसहित अवैध रुपमा भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ चोरीनिकासी भइरहेको सामान बरामद गरेको छ।

बा १९च १२४९ नम्बरको कारमा भारतबाट विभिन्न माला तस्करी गरी ल्याउँदै गर्दा मायादेवी गाउँपालिका ७, घाघरा पुल नजिकबाट कार र सामान बरामद गरेको प्रहरीले जनाउको छ।

कारमा रातो ठूलो सिसाको माला ४० पिस, सानो रातो सिसाको माला ४८ पिस, कालो सिसाको माला ४२० पिस, सेतो सिसाको माला ३८४ पिस, प्लाष्टिकको माला ६० पिस, काठको ठुलो माला ३२० पिस, काठको सानो माला ५५० पिस रहेको र यी मालाको बजार मूल्य ६६ हजार ८८० बराबर रहेको रुपन्देही प्रहरी प्रमुख एसपी प्रवीण पोखरेलले जानकारी दिए।

यस्तै, तस्करीको माला ओसारपसारमा संलग्न उक्त कारको मूल्य १८ लाख कायम गरी सामानसहित भैरहवा भन्सार कार्यालय चलान गरिएको छ। 

रोहिणीबाट करिब २ लाख ३१ हजार बराबरको अवैध सामान बरामद

प्रहरीले रोहिणी गाउँपालिका २, मैनिहवाबाट पनि करिब २ लाख ३१ हजार बराबरकोको अवैध सामान बरामद गरेको छ। 

भारततर्फ तस्करी गरी लैजाँदै गरेको केराउ ७१ बोरा, मटर दाल बरामद गरेको हो । 

यस्तै प्रहरीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको पारलेजी बिस्कुट, प्याज, सरफ, न्युरामेन्ट, रवडको डोरी पनि बरामद गरेको एसपी पोखरेलले बताए। यी सामान पनि भन्सार बुझाइएको छ।

प्रकाशित मिति: : 2020-09-21 13:29:26

प्रतिकृया दिनुहोस्